घोराही उपमहानगरपालिका वडा नम्बर १७को प्रगति ९५ – Janadesh Daily | ePaper

घोराही उपमहानगरपालिका वडा नम्बर १७को प्रगति ९५


चन्द्रप्रकाश नेपाली

घोराही ।  घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई गरेको छ ।

वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा नगर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

वडा कार्यालयले आर्थिक प्रगती ९५ प्रतिशत भएको जनाएको छ । जस अनुसार पूर्वाधार तर्फ ६६ लाख, विपत व्यवस्थापन तर्फ ९९ हजार ७ सय ३०, सामाजिक विकास तर्फ १८ लाख ४५ हजार ५ सय र चालु तर्फ १० लाख रुपैयाँ खर्च भएको वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो ।

वडामा वडा स्तरीय एक करोड, नगर स्तरीय २ करोड ५६ लाख ७४ हजार ७ सय ७० रुपैयाँ, प्रदेश स्तरीय ३ करोड ५ लाख १५ हजार ४ सय र संघिय योजनाको ३ करोड ८४ लाख ६३ हजार ४ सय ७ रुपैयाँ गरि १० करोड ६६ लाख ५३ हजार ५ सय ४७ रुपैयाँ प्राप्त भएको उहाँको भनाई छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्