दश घरधुरी पहिराको जोखिममा – Janadesh Daily | ePaper

दश घरधुरी पहिराको जोखिममा


सिम।कोट 

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीको झोबन्ना र भात्खानका गरी १० घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा छन् । दुई दिनको लगातारको वर्षाले झोबन्नाका छ र भात्खानका चार वटा घर उच्च जोखिममा रहेको स्थानीयवासी हरिबहादुर रावलले बताउनुभयो । मङ्सिरदेखि चैतसम्म बसोबास हुने यस क्षेत्रमा गाउँको माथि पट्टिबाट पहिराको लेदो बग्न थालेको रावलले बताउनुभयो ।

गाउँको माथिपट्टि खेतीयोग्य जमीन रहेकाले माथिबाट बगेर आउने पानीले लेदो बनाएर बगेर आउँदा घरहरू पहिराको जोखिममा परेका हुन् । यो समय झोबन्ना र भात्खानमा गाईवस्तु पालनपोषणका लागि लैजाने हो । उक्त क्षेत्रमा वडा नं २ का १० घरपरिवार बसोबास गर्दै आएको छ । यो क्षेत्रमा बस्तीमाथि जताततै भिरालो र भिर भएकाले थप जोखिम बढेको हो ।

उक्त क्षेत्रमा सिंह रावल, कर रावल, माने रावल, अज रावल, लब छत्याल, नैनबहादुर छत्याल, कुस छत्याल बिर्ख छत्याल, डिल्ली रावल, छत्त रावल, बुदे रावल, भगर रावललगायतका परिवार बसोबास गर्दै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्