पीडितलाई न्याय दिन माग गर्दै प्रतिरोध कार्यक्रम – Janadesh Daily | ePaper

पीडितलाई न्याय दिन माग गर्दै प्रतिरोध कार्यक्रम


चन्द्रप्रकाश नेपाली,

घोराही। पत्नी हत्यामा सर्वस्वसहित जन्मकैद गरिएपनि सर्वोच्च अदालत द्धारा कैद घटाई कारागार मुक्त भएका पुर्ब डिआईजी रन्जन कोईरालालाई पुनः कैद गर्न माग गर्दै दाङमा दवाव मुलक कार्यक्रम गरिएको छ ।

पिडकलाई होईन पिडीतलाई न्याय दे, दलित माथि भएका बिभेदका घटनाहरुमा पीडित र प्रभाबितहरुलाई न्याय दे, निर्मला हत्याकाण्डका दोषी खोई, दण्डहिनता अन्त्य गर लगाएतका नारा लेखिएका प्लेकार्ड सहित घोराही चोकमा प्रतिरोध कार्यक्रम गरिएको हो ।

अधिकारकर्मी, नागरिक समाज, पत्रकारहरुले बिहान साढे ११ बजेदेखि १२ बजे सम्म उभिएर न्यायलाई मर्न नदेउ र पिडकलाई तोकिएको कार्वाही गर भन्दै दवाव दिएको हुन् ।

पुर्ब डिआईजी रन्जनको कैद घटाउने प्रधानन्यायधिस चोलेन्द्र शम्शेर राणा र न्यायधिस तेजबहादुर केसीलाई महाअभियोग लगाउनु पर्ने, महिला माथी बिभिन्न नाममा भईरहेका हिंसा, दुव्र्यबहार रोक्नु पर्ने र दोषी माथी कारवाही हुनुपर्ने माग समेत गरेका छन् ।

त्यस्तै गायिका सोफिया थापालाई धम्कि दिनेहरुको पहिचान गरि कारर्वाही गर्नुपर्ने, महिलाको पोषाकलाई लक्षित गरि सामाजिक संन्जालमा ट्रोल बनाउनेलाई साईवर अपराध अन्तर्गत कानुनको दायरामा ल्याउनु पर्ने, रुकुम सोती हत्याकाण्ड लगायत दलित माथी भएका घटनाका पिडितहरुलाई न्याय दिन गम्भिर बन्न सरकारको ध्यान आकर्षण समेत गराईएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्