यौन भिडियोका लागि मोडल र अभिनेत्रीलाई फन्दामा पार्थे राज कुन्द्रा, डेढ वर्षमा १०० ‘पोर्न फिल्म’ – Janadesh Daily | ePaper

यौन भिडियोका लागि मोडल र अभिनेत्रीलाई फन्दामा पार्थे राज कुन्द्रा, डेढ वर्षमा १०० ‘पोर्न फिल्म’


बलिउड अपडेट ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी राज कुन्द्रालाई अश्लिल फिल्म बनाएको अभियोगमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरी हिरासतमा राखेको छ ।

राज कुन्द्रा पक्राउ परेपछि उनले गरेका विभिन्न कामहरुको खुलासा हुन थालेको छ । बिहीबार प्रहरीको अनुसन्धानमा उनले डेढ वर्षमा एक सयभन्दा बढी पोर्न फिल्म निर्माण गरेको खुलेको छ । जसबाट राजले करोडौँ आम्दानी गरेका थिए ।

प्रहरीको क्राइम ब्रान्चले राज कुन्द्राको अन्धेरी वेस्टमा रहेको भियान अफिसमा छापा मारेको थियो । उक्त अफिसबाट सर्भर समेत बरामद भएको थियो । धेरै डाटाहरु डिलिट भएको प्रहरीले जनाएको छ । डिलिट भएको डाटालाई क्राइम ब्रान्चका फरेन्सिक विशेषज्ञले रिकभर गर्ने प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीका अनुसार राजले सन् २०१९ देखि अश्लिल फिल्म बनाउन सुरु गरेका थिए । उनले त्यस समयदेखि अहिलेसम्म १ सय भन्दा बढी फिल्म निर्माण गरिसकेका छन् ।

 प्रहरीका अनुसार जुन सर्भरमा अश्लिल फिल्म अपलोड हुने गरेको थियो त्यसमा २० लाख सब्सक्राइभर थिए । कुन्द्राले वेभ साइटको सट्टा एप बनाएका थिए । प्रहरीका अनुसार कुन्द्रासँग अश्लिल फिल्म बनाउन केही मोडल र अभिनेत्रीहरु सामेल छन् ।

म फिल्मका लागि अन्तरंग एवं कामुक दृश्य, ओंठ चुम्ने, कम्मरभन्दा माथि पुरा नग्न दृश्य गर्नका लागि सहमति दिने घोषणा गर्छु । यो दृश्य मैले आफ्नो मर्जी अनुसार गरेकी हुँ । प्रोडक्सन हाउसको दबावमा आएर होइन ।’

यी पक्तीहरु त्यस सम्झौतापत्रको हो, जसमा राज कुन्द्रा पोर्नोग्राफी ¥याकेटमा संलग्न सबै युवतीलाई हस्ताक्षर गराउथे । यस ¥याकेटको भण्डाफोरपछि प्रहरीले केही सामान्य युवतीहरु पनि पक्राउ गरे । यी सबैमा एउटा कुरा समान थियो, उनीहरु कलाकार बन्न चाहन्थे । कलाकार बन्ने लक्ष्यसहित राज कुन्द्रासँग ठोक्किन पुगेका युवतीहरुलाई उनले पार्नोग्राफीको धन्दामा लाग्न बाध्य बनाउथे ।

युवतीलाई पोर्न भिडियो सुट गराउनुअघि सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाइन्थ्यो । त्यसको एक प्रति इन्डियन टुडेले सार्वजनिक गरेको हो । उक्त सम्झौता पत्रमा यस्तो लेखिएको हुन्थ्यो–

‘मलाई यस कुरामा खुसी छ कि मलाई फ्लिज मुभिजको ब्यानरमा बनिरहेको वेब सिरिज …जो दुनियाको एब ठूलो ओटिटी प्लेटफर्ममा सार्वजनिक हुनेछ, त्यसका लागि दश हजार रुपैयाको प्याकेजमा एक कलाकारको रुपमा हस्ताक्षर गरें । छलफल अनुसार त्यसको सुटिङ… तारिखबाट हुनेछ । म यस पिफल्मका लागि अन्तरंग कामुक दृश्य गर्नका लागि सहमति दिने घोषणा गर्छु । म सहमति दिन्छु कि, यो दृश्य मैले आफ्नो मर्जी अनुसार गरेकी हुँ । म स्पष्ट गर्छु कि प्रोडक्सन हाउसद्वारा कामुक, अन्तरंग, अर्धनग्न वा नग्न दृश्य कुनै फिल्म, वेबसाइट वा ओटीटीमा प्रयोग गर्नका लागि मेरो कुनै आपत्ति छैन । म यसको विरुद्ध कुनै उजुरी गर्नेछैन । धन्यवाद ।’

रोचक त के छ भने, यस सम्झौतापत्रमा कुनै फिल्म वा प्रोडक्सन कम्पनीको दर्ता नम्बर उल्लेख गरिएको छैन । जति रकम युवतीलाई दिने सर्त राखिएको छ, त्यो भिडियोबाट प्राप्त हुने कमाइको तुलनामा एकदमै न्युन हो । प्रहरीका अनुसार यस सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि युवतीले अंग प्रदर्शन गर्न अस्विकार गर्थे । तर, उनीहरुलाई धम्की दिइन्थ्यो । उनीहरुले भिडियो सुट गर्नका लागि तयार भएनन् भने सुटिङको तयारीमा लागेको सम्पूर्ण खर्च तिर्नुपर्ने भनिन्थ्यो ।

यद्यपि यो सम्झौता राज कुन्द्राको कम्पनीको होइन । तर, यो उनको कम्पनी वा कारोबारबाट असम्बन्धित पनि थिएन । किनभने यो धन्दाको सञ्जाल राज कुन्द्राले नै विस्तार गरिरहेका थिए । राज कुन्द्राको कम्पनीले अरु यस्तै कम्पनीसँग पोर्न भिडयो खरिद गरेर युके पठाउथे । त्यहाँ हटशट्स एपमा अपलोड गरिन्थ्यो । हटशट्स एपमा रहेको पोर्नोग्राफी सामाग्री हेर्नका लागि दर्शकले सब्सक्रिप्शन लिनुपथ्र्यो । यस एपमा अलोड प्रति भिडियोबाट यसका मेकर्सले भारु दुई–तीन लाख कमाइ गर्थे । जबकि भिडियोमा देखिने युवतीलाई १०–२० हजार दिएर विदा गरिन्थ्यो ।

कतिपय युवतीले उक्त सम्झौतापत्र नपढी नै हस्ताक्षर गर्थे । उनीहरुलाई थाहा हुँदैनथ्यो कि, कस्तो दृश्य दिन लगाइन्छ । केही दिनपछि युवतीलाई मुम्बईको मड आइल्यान्ड जस्तो स्थानमा बोलाइन्थ्यो । उनीहरुको भिडियो सुट गरिन्छ । करिब आधा जति सुटिङ सकिएपछि उनीहरुलाई न्युड सिन दिनका लागि भनिन्थ्यो । जब उनीहरुले यो कुरा अस्विकार गर्थे, तब कानुनी कारबाही गर्ने धम्की दिइन्थ्यो । उनीहरु बाध्य हुन्थे ।

यसपछि आरोपीले अलग अलग ओटिटी प्लेटफर्म र पोर्न साइटसँग सम्पर्क गरेर अश्लिल फिल्म बिक्री गर्थे । प्रहरीले खोजतलास गरेपछि उनीहरुले पचास भन्दा बढी यस्तो फिल्म बनाएको पाइयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्