चीन र अमेरिकालाई पछि पार्दै जापान ‘टोकियो ओलम्पिक’ को शीर्ष स्थानमा, चीन तेस्रो – Janadesh Daily | ePaper

चीन र अमेरिकालाई पछि पार्दै जापान ‘टोकियो ओलम्पिक’ को शीर्ष स्थानमा, चीन तेस्रो


जनादेश स्पोर्ट्स ।

जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।

यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जितेका छन् ।

यस्तै अहिलेसम्म एक स्वर्ण पदक जित्नेमा इटली, हङकङ, क्रोएशिया, फिलिपिन्स, क्यानडा, फ्रान्स, हङ्गेरी, ट्युनिशिया, अस्ट्रिया, स्लोभानिया, इक्वेडर, इरान, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तान रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्