पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८६० सङ्क्रमण, कुल आठ हजार ४४० जना सकृय सङ्क्रमित – Janadesh Daily | ePaper

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८६० सङ्क्रमण, कुल आठ हजार ४४० जना सकृय सङ्क्रमित


जनादेश, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ रहेका छन् । उपत्यकामा हिजाे ८५९ जना सङ्क्रमित पुष्टि भएका थिए ।

काठमाडौँमा पाँचहजार ९३८, ललितपुरमा एकहजार ३९४ र भक्तपुरमा एकहजार १०८ जना सकृय सङ्क्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा अहिले आठ हजार ४४० जना सकृय सङ्क्रमित अस्पताल र हाेम आइसाेलेसनमा रहेर उपचार गराइरहनुभएकाे छ ।

उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरसहित ११ जिल्लाहरूमा पाँचसय भन्दा बढी सङ्क्रमित रहेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्