लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली माओवादी केन्द्रको सम्पर्कमा – Janadesh Daily | ePaper

लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली माओवादी केन्द्रको सम्पर्कमा


जनादेश, लुम्बिनी प्रदेश। तीन दिनदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्री वलीले परिवारका सदस्यमार्फत पार्टीलाई सम्पर्क गरेकी छन् ।

मैले आफ्नै खुसीले माओवादी रोजेकी हुँ : वली- समाचार - कान्तिपुर समाचार

आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै वलीले परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी हुन् । घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको परिवारका सदस्यबाट जानकारी आएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए ।

‘परिवारका सदस्यले विमलाजी उपचारमा रहेको र साँझसम्म पार्टीको सम्पर्कमा आउने जानकारी गराउनुभएको छ’ प्रमुख सचेतक घर्तीले भने, ‘दुई तीन दिनदेखि पार्टीको सम्पर्कमा नआउदा थुप्रै आशंका उब्जिएको सत्य हो, साँझसम्म उहाँ आफैले पार्टीसंग सम्पर्क गर्नुहुन्छ होला ।’

परिवारका सदस्यहरुले उपचारमा रहेको बताएपनि कस्तो स्वास्थ्य समस्या हो र कुन अस्पतालमा उपचाररत हो भन्नेबारे पार्टीलाई जानकारी नभएको दाङकै माओवादी केन्द्रकी सांसद दामा शर्माले बताइन् ।

तत्कालिन नेकपाबाट दाङ ३ (ख) बाट उप निर्वाचनमा विजयी भएकी ओलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।

जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । यद्यपि अन्य दलका सांसद तानेर बहुमत पु¥याउने कसरतमा मुख्यमन्त्री पोखरेल निरन्तर लागेको विपक्षीको आरोप छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्