फरार अभियुक्त पक्राउ – Janadesh Daily | ePaper

फरार अभियुक्त पक्राउ


कर्णाली ।

प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेका छन् । प्रदेश प्रहरीले पछिल्ला चार दिनयता सल्यान जिल्ला प्रहरी कार्यालयबाट मात्रै २७ जनालाई पक्राउ गरेको जनाएको छ ।

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान बाँकी रहेका उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतससमक्ष बुझाएको प्रदेश प्रहरी कार्यालयद्वारा जारी पे्रस नोटमा जनाइएको छ । ती अभियुक्तहरुबाट एक वर्ष छ महिना कैद तथा रु २८ हजार ७१३ जरिवाना असुल गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सल्यान प्रहरीले यही साउन ९ गते कुटपिट मुद्दाका चार, नाताकायम र लुटपाट मुद्दाको एक÷एक गरी छ, साउन १० गते सवारी ज्यान मुद्दाका तीन, करकाप, सम्बन्धविच्छेद र विविध मुद्दाका एक÷एक गरी छ अभियुक्तलाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाइएको छ ।

त्यस्तै यही साउन ११ गते सवारीज्यान मुद्दा, चेक अन्धर मुद्दाका दुई/दुई, सम्बन्धविच्छेद, गाली बेइज्जत, जारी मुद्दा तथा करकाप मुद्दाका एक÷एक गरी आठ र हिजो ९सोमबार० कर्तव्य ज्यान, सवारी ज्यान, जबर्जस्ती करणी, केही सार्वजनिक मुद्दा, जारी मुद्दा, लुटपाट, सम्बन्धविच्छेद मुद्दाका गरी सात जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्