प्रदेश २ का प्रमुख राजेश अहिराज बर्खास्त – Janadesh Daily | ePaper

प्रदेश २ का प्रमुख राजेश अहिराज बर्खास्त


जनादेश, काठमाडौँ ।

सरकारले प्रदेश २ मा प्रदेश प्रमुख हेरफेर गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश २ का प्रमुख राजेश अहिराजलाई हटाउने निर्णय गरेको हो । झालाइ हटाएसँगै प्रदेश प्रमुखमा पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

प्रदेश २ मा प्रदेश सभा बनेसँगै रत्नेश्वरलाल कायस्थ प्रदेश प्रमुख बन्नुभएको थियो । पछि नेकपाको सरकार बनेसँगै तत्कालीन माओवादी र एमालेवीच भागवण्डा गरेर कायस्थलाइ हटाएर तिलक परियारलाइ प्रदेश प्रमुख बनाइएको थियो ।

फेरि नेकपामा विवाद आएसँगै तत्कालीन प्रमुख परियारलाइ हटाएर केपी ओली नेतृत्वको सरकारले झा लाइ २०७७ फागुन ७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । झन्डै ६ महिना अवधीमा झालाइ पनि सरकारले हटाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्