अझै केही दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह – Janadesh Daily | ePaper

अझै केही दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह


काठमाडौँ ।

मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको हो,” मौसमविद् बादीले भन्नुभयो ।

सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, २ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ८।७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै धनकुटामा १२६ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्