कालीकोटमा गएको पहिरोमा पुरिएर ८ जनाको मृत्यु – Janadesh Daily | ePaper

कालीकोटमा गएको पहिरोमा पुरिएर ८ जनाको मृत्यु


जनादेश, काठमाडौं ।

कालीकोटको नरहनीनाथ गाउँपालिका ७ मा मंगलवार राति गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।

पहिरोमा परि ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने विमलाको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, नरहनीनाथ गाउँपालिका ४ का ६५ वर्षीय बाले बुढाको घर पहिरोले पुरिँदा उनकी ६५ वर्षीय श्रीमती मना बुढाको मृत्यु भएको छ भने बाले बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्