सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाईते – Janadesh Daily | ePaper

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाईते


चन्द्रप्रकाश नेपाली

घोराही । दाङमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

राप्ती गाउँपालिका ५ पहरुवामा रा ३ प ५७८२ र रा १ प ४७६५ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको मृत्युभएको हो भने दुई जना घाईते भएका हुन् ।
रा १ प ४७६५ नम्बरको मोटरसाईकलमा सवार राप्ती गाउँपालिका ८ का २४ बर्षिय अविनाश बुढामगरको मृत्युभएको हो । लमही स्थित फ्लोरेन्स अस्पतालमा उपचारको क्रममा बुढाको मृत्युभएको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

मोटरसाईकलका चालक सोही ठाउँका ३० बर्षिय सागर चौधरी र अर्का मोटरसाईकल चालक राप्ती गाउँपालिका ६ का ३२ बर्षिय दिनेश चौधरी घाईते हुनुभएको छ । दिनेशको नेपालगञ्जमा र सागरको फ्लोरेन्स अस्पताल लमहीमा उपचार भएको प्रहरीले जनाएको छ ।

यसैविच अटो अनियन्त्रीत भई पल्टीदा ३ जना घाईते भएका छन् । तुलसीपुरबाट पश्चिम बागर जाँदै गरेको रा १ ह ३५३६ नम्बरको अटो अनियन्त्रीत भएर पल्टीदा दंगिशरण ६ का ३२ बर्षीय चालक देवीराम भण्डारी, सोही ठाउँका ३० बर्षिय मायालु नेपाली र घोराही ४ गोग्लीका ३२ बर्षिय सरस्वती भटराई घाईते हुनुभएको छ ।

घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्