वर्षा रोकिएको हो ? यस्तो छ आजको मौसमी भविष्यवाणी – Janadesh Daily | ePaper

वर्षा रोकिएको हो ? यस्तो छ आजको मौसमी भविष्यवाणी


जनादेश वेदर ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने औसतभन्दा दक्षिणतर्फ रहेको छ।

आज दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्