भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने – Janadesh Daily | ePaper

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने


नयाँ दिल्ली ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्नुहुने भएको छ ।

क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जानुहुने र त्यही बेलामा उहाँहरुका बीचमा भेटवार्ता हुने भएको हो । सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जानुहुने भएको जनाइएको छ ।

अमेरिकाको वासिङ्टन डिसीमा हुने सम्मेलनका लागि आएका विदेशी पाहुनाहरुलाई अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गर्नुहुने तालिका सार्वजनिक गरिएको छ । यही सेप्टेम्बर २४ तारिखका दिन हुने सम्मेलनमा नेताहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो देशको चासो दर्शाउने जनाइएको छ ।

त्यसैगरी गत मार्च १२ मा भएको पहिलो भर्चुअल सम्मेलनका निर्णयहरुको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा पनि बैठकमा हुने जनाइएको छ । विश्वलाई नै प्रभावित पारेको कोरोनाभाइरसको महामारी, त्यसले पारेको प्रभाव र त्यसका लागि आफूहरुले गर्नुपर्ने योगदानका बारेमा पनि छलफल हुने समाचारमा जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्