सत्ता हात लागेपछि तालिबानभित्र विग्रह, राष्ट्रपति भवनमा शीर्ष नेताबीच विवाद र भनाभन – Janadesh Daily | ePaper

सत्ता हात लागेपछि तालिबानभित्र विग्रह, राष्ट्रपति भवनमा शीर्ष नेताबीच विवाद र भनाभन


अन्तर्राष्ट्रिय अपडेट ।

तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद र भनाभनको अवस्था आएको दाबी गरिएको छ। स्रोतहरुलाई उद्धृत गर्दै बिबिसीले प्रकाशित गरेको खबरमा गएको हप्ताको अन्त्यतिर तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा चर्काचर्की भएको हो ।

तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच भनाभनको अवस्था आएको हो ।

पछिल्ला दिनहरुमा बरादरी सार्वजनिक रुपमा नदेखिएपछि तालिबानको नेतृत्वमा विवाद रहेको हुन सक्ने अपुष्ट खबरहरु आएका थिए । उनकाे मृत्यु भएकाे दाबी पनि गरिएकाे थियाे । तर आधिकारिक रुपमा तालिबानले विवादको कुरा अस्वीकार गर्दै आएको छ । तालिबानले बरादर जीवित रहेकाे बताएकाे छ ।

गएको अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेको थियो । त्यसपछि तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ घोषणा गरेको छ । अन्तरिम मन्त्रिपरिषद्का सबै सदस्य पुरुष छन् ।

अन्तररिम सरकारका उपप्रधानमन्त्री बरादर र शरणार्थीसम्बन्धी मन्त्री खलिल उर–रहमान हक्कानीबीच भनाभन भएको हो ।

हक्कानी नेटवर्कका प्रमुख सदस्यमध्येका खलिल र बरादरबीच अफगानिस्तानमा तालिबानको सफलताको जस लिने विषयमा भनाभन भएको स्रोतले उल्लेख गरेको बिबिसीले जनाएको छ ।

बरादरीले आफूसहितका कतारमा रहेका नेताहरुको कूटनीतिक पहलका कारण सफलता मिलेको बताए भने हक्कानीले सैन्य बलबाट अफगानिस्तान कब्जा गर्न सकिएको बताएका हुन् । उनीहरुका समर्थकहरुले पनि आपसमा झगडा गरेका थिए ।

यस्तै अन्तरिम सरकारको संरचनालाई लिएर बरादर खुशी नरहेको र सोही कारण पनि विवाद भएको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्