आँधीका कारण जापानका ४९ उडान रद्ध – Janadesh Daily | ePaper

आँधीका कारण जापानका ४९ उडान रद्ध


टोकियो ।

आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् ।

आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण बर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्