यमनमा भएको हवाई कारबाहीमा बाह्र हुथी विद्रोहीको मृत्यु – Janadesh Daily | ePaper

यमनमा भएको हवाई कारबाहीमा बाह्र हुथी विद्रोहीको मृत्यु


साना ।

केही दिनयता देखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ ।

सो सेनाले यहाँ मगलबार पनि गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरु मारिएके बताइएको छ । सो सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारबाही गरेको थियो ।

सो सेनाले हुथी विद्रोहीहरु रहेका स्थानहरुको पहिचान गरी उक्त मारिब प्रान्तमा गरेको हवाई कारबाहीमा परी मंगलबार १२ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सो क्षेत्रमा हुथीहरुका कार्यालय रहेका स्थानाहरुलाई पनि सेनाले ध्वस्त बनाएको बताइएको छ ।

सोमबार मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको बताइएको थियो । यमन सरकारको सेनाले मंगलबार दिएको जानकारीअनुसार उक्त प्रान्तमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो समयमा मारिबमा हुथी विद्रोहीहरुले अखडा जमाउन थालेको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्