जलालाबाद आक्रमणमा दुई तालिबानसहित तीन मारिए – Janadesh Daily | ePaper

जलालाबाद आक्रमणमा दुई तालिबानसहित तीन मारिए


जलालाबाद, अफगानिस्तान ।

पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको। मृत्यु भएको छ ।

सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट ९आइएस० समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो ।

रिक्शामा आएका अज्ञात बन्दुकधारीहरुले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस आक्रमणको तालिबानका एक अधिकारीले पनि पुष्टि गरेका छन् । तर उनले मृतक सबै सर्वसाधारण रहेको दाबी गरेका छन् ।

जिहादी समूहको स्थानीय शाखा इस्लामिक स्टेट्स खोरसानले यसै हप्ता भएको कैयौ आक्रमणको जिम्मा लिएको छ । यस आक्रमणहरुमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु पनि जनाइएको छ ।

अगस्त ३० मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता पछि यो पहिलो घातक विस्फोट घटना भएको बताइएको छ । आईएस र तालिबान दुबै कट्टर सुन्नी इस्लामवादी उग्रवादी समूह हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्