बढ्दै छ आँखाको ज्योति खाइदिने शापू रोग, यो कस्तो रोग हो, कसरी बच्ने ? (सतर्कताका बुँदासहित) – Janadesh Daily | ePaper

बढ्दै छ आँखाको ज्योति खाइदिने शापू रोग, यो कस्तो रोग हो, कसरी बच्ने ? (सतर्कताका बुँदासहित)


जनादेश हेल्थ डेस्क ।

सेतो पुतलीबाट आँखामा लाग्ने ‘सापू’ रोगका विरामी बढ्दै गएको छन् । ग्याजालिना जेनस अन्तर्गतको क्राइसोलोफा प्रजातिको निसाचर पुतलीबाट यो रोग लाग्छ । समयमै उपचार नपाए सापूले आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ ।

चार दिन अघि छोराले विदेशबाट पठाएको पैसा लिन बाग्लुङको निसिखोला गाउँपालिका–७, राजपुतकी निरमाया शाही बुर्तिवाङ पुगेर पैसा लिएर घर फर्किइन् । साँझ बलिरहेको बत्तिको वरिपरी सेतो पुतली घुमिरहेको थियो । प्लास्टिकले पुतली समातेर फ्याँकिन् । ‘भोलिपल्ट विहान उठ्दा आँखा रातो भयो, डिल सुन्निएको थियो’, उनले भनिन्, ‘मेडिकल पुगेँ आइड्रप ल्याएर आँखामा राखेँ, सबैले आँखा पाक्ने रोग लागेको बताए । विस्तारै आँखाको नानीमा सेतो टल्किने जस्ता लक्षण देखिए । त्यसपछि सापू लागेको आशंका भयो र अस्पताल आएँ ।’

उनी अहिले रुपन्देही भैरहवास्थित आँखा अस्पतालमा छिन् । उनको आँखाको शल्यक्रिया भएको छ । चिकित्सकले शाही ढिलो गरी अस्पताल आएकाले आँखाको ज्योति बचाउन कठिन रहेको जनाएका छन् ।

के हो शापू रोग !
सेतो पुतलीका कारण आँखा देखिने एक किसिमको रोग हो– शापू । यो दृष्टिविनाशक रोग हो । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने खतरा रहन्छ । समयमै उपचार भएमा यो रोग निको हुन्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाएको छ । मन्त्रालयले यस रोगको लक्षण देखिएमा आफूखुशी औषधी वा जडिबुटीको प्रयोग नगर्न पनि सुझाएको छ ।

‘सेतो पुतलीदेखि रहौँ सावधान, गरौँ शापूको रोकथाम’ नारासहित स्वास्थ्य मन्त्रालयले शापू रोगबारे जनचेतना जगाउन यससँग सम्बन्धित विभिन्न चार प्रश्नको उत्तर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको शापू रोग रोकथामबारेको सन्देशः

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्