दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, अनलाइनबाट पनि पाइने – Janadesh Daily | ePaper

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, अनलाइनबाट पनि पाइने


जनादेश अपडेट ।
सरकारले आज (सोमबार) देखि काठमाडौं उपत्यकाबाट दसैँमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । आइतबार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकले दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्न सकिनेछ ।

‘‘अनलाइन टिकट काट्ने यात्रुलाई एक लिटरको एक बोतल पानीको व्यवस्था मिलाइने छ । दसैँको समयमा बिचौलियाहरू बीचमा आउने सम्भावना रहन्छ । सम्बन्धित टिकट काउन्टरको पोसाक लगाएका र परिचयपत्र भएका मानिसहरूबाट मात्रै टिकट काट्नुहोला,” महानिर्देशक घिमिरेले भने ।

विभागका अनुसार कोरोना महामारी र स्वास्थ्य मापद्धण्डलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बस छुट्नेछन् । पश्चिममा चल्ने सवारीको टिकट नयाँ बसपार्कबाट काट्न सकिनेछ । पूर्वमा चल्ने सवारी साधनका लागि कोटेश्वर, चाबहिलबाट टिकट काट्न सकिनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्