उडिसाको गुलाब चक्रबात न्यूनचापीय क्षेत्रमा परिणत, नेपालमा के असर पर्ला ! – Janadesh Daily | ePaper

उडिसाको गुलाब चक्रबात न्यूनचापीय क्षेत्रमा परिणत, नेपालमा के असर पर्ला !


जनादेश वेदर ।

भारत उडिसाका जमिनमा अवतरण गरेको ‘गुलाब’ चक्रबात अहिले न्यूनचापीय क्षेत्रको रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको मौसमविदले बताएका छन् ।

त्यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने संभावमा भने न्यून रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई शनिबार बनेको गुलाब नामक शक्तिशाली चक्रवात आइतबार राति भारतको उडिसाको जमिनमा अवतरण भएको थियो ।

अहिले मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको मौसमविदले बताएका छन्।

देशभर अहिले आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैबिच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्