बलिउड अभिनेता अनुपम खेर लगायतका कलाकार काठमाडौंमा (हेर्नुस् भिडिओ) – Janadesh Daily | ePaper

बलिउड अभिनेता अनुपम खेर लगायतका कलाकार काठमाडौंमा (हेर्नुस् भिडिओ)


जनादेश अपडेट ।

बलिउडका चर्चित कलाकार अनुपम खेरसहितको टोली काठमाडौं आइपुगेको छ। हिन्दी सिनेमा ‘उचाइ’ छायांकन गर्न आफूसहित अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाकार आइतबार काठमाडौं आइपुगिएको जानकारी कालकार खेरले ट्विटरमार्फत दिएका हुन्।

ट्विटरमा उनले आफूहरू विमानमार्फत काठमाडौं अवतरण गर्दै गरेको भिडिओ हालेका छन्।
हेर्नुस् भिडियोः

यो समूहले सोमबारदेखि नै छायांकन सुरु गरिसकेको छ। अनुपमलेे नेपालमा छायांकन हुने यो फिल्म उनको करियरको ५२०औं फिल्म भएको जानकारी पनि दिएका छन्। यस्तै कलाकार अनुपम खेरले आज (मंगलबार) बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेको जानकारी पनि दिएका छन्।

उनले लेखेका छन्, ‘प्राचीन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरियो…।’

हेर्नुस् भिडियोः

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्