पर्साबाट मन्त्री नबनाएको भन्दै कार्यकर्ताले घेरे जसपाको केन्द्रीय कार्यालय – Janadesh Daily | ePaper

पर्साबाट मन्त्री नबनाएको भन्दै कार्यकर्ताले घेरे जसपाको केन्द्रीय कार्यालय


जनादेश, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् ।

सोमवार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले जसपाबाट ४ जना मन्त्री बन्दा पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पार्टी अध्यक्ष उपेन्द यादवको राजीनामा समेत माग गरेका छन् ।

प्रदर्शनमा समाजवादी विद्यार्थी यूनियन पर्सा जिल्लाका युनियन अध्यक्ष राजबाबु राकीले पार्टी अध्यक्ष उपेन्द्र यादवले पर्सावासीलाई धोका दिएको बताए । उनले उपेन्द्र यादवको छोरासमेत आफ्नो समर्थनमा रहेको बताउँदै पर्सावासीलाई न्याय नगरे देशभर प्रदर्शन गर्ने चेतावनी दिए ।

पर्सामा लगातार बिरोध प्रदर्शन गर्दै आएका कार्यकर्ताहरुले सांसद यादवलाई मन्त्री नबनाएको भन्दै बिरोध गर्दै आएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्