चीनले दोहोर्‍याएर दिएको सन्देशः नेपालको समृद्धिका लागि प्रचण्ड र ओली फेरि मिल्नुपर्छ – Janadesh Daily | ePaper

चीनले दोहोर्‍याएर दिएको सन्देशः नेपालको समृद्धिका लागि प्रचण्ड र ओली फेरि मिल्नुपर्छ


जनादेश वाच ।

चीनले नेकपा एमाले र माओवादी केन्द्रलाई फेरि पनि मिलेर अगाडि बढ्न सुझाव दिएको छ । केही महिनाअघि मात्रै नेकपा विभाजन गरी पुरानै एमाले र माओवादी केन्द्रका नाममा सक्रिय भएका दुई कम्युनिस्ट पार्टीलाई चिनियाँ राजदूत होउ यान्छीले फेरि मिल्न सुझाव दिएकी हुन्।

मंगलबार नेपाल डायलग फोरमले भर्चुअल रुपमा आयोजना गरेको छलफलमा राजदूत होउले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिएर भनिन्, ‘नेपाली जनताको आर्थिक विकासको आकांक्षा पुरा गर्न तपाईंहरु मिल्न आवश्यक छ।’

यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउन र कम्युनिस्ट सरकार बनाउन चीन सक्रिय भएको आरोप लागेको थियो। नेकपाभित्र ओली र प्रचण्डबीच द्वन्द्व बढिरहेका बेला राजदूत यान्छीले शक्ति बाँडफाँड गरेर सरकार र पार्टी एकता जोगाउन सुझाव दिएकी थिइन्।

एमाले र माओवादी केन्द्र बेग्लाबेग्लै सक्रिय भएपछि चीनको तर्फबाट पुनः मिलेर अगाडि बढ्न सार्वजनिक रुपमा सुक्राव आएको सम्भवतः यो पहिलो पटक हो।

चिनियाँ राजदूत सहभागी भएको यो कार्यक्रममा ओली र प्रचण्ड भने सहभागी थिएनन्। एमालेका नेता प्रदिप ज्ञवाली र माओवादीका नेता शक्ति बस्नेतले कार्यक्रममा मन्तव्य दिँदै स्थापना भएको एक सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले गरेको प्रगती र नेपाल–चीन सम्बन्धबारे चर्चा गरे।

चिनियाँ कम्युनिष्ट पार्टीले एक वर्ष पुरा गरेको उपलक्ष्यमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पठाएको शुभकामना सन्देशप्रति उनले धन्यवाद दिइन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्