दशैंले सुनसान सहरः काठमाडौं ट्राफिक जामशून्य, गल्ली गल्लीमा शटर बन्द – Janadesh Daily | ePaper

दशैंले सुनसान सहरः काठमाडौं ट्राफिक जामशून्य, गल्ली गल्लीमा शटर बन्द


जनादेश वाच ।

नेपालीहरुको ठूलो पर्व दशैं अन्तर्गत आज आठौं दिन महानवमी । मंगलबार फूलपाती भित्र्याएसँगै घरघरमा दशैंको उल्लास छाएको छ भने बुधबार महाअष्टमीको पूजा गरिएको छ । आज महानवमीको पूजा तथा कालरात्री मनाइँदै छ ।

रोजगारी, व्यापार–व्यवसायका लागि घर छाडेर काठमाडौंमा आएकाहरु अधिकांश जसो दशैं मनाउन जन्मथलो जाने गर्छन्। घटस्थापनासँगै यो क्रम सुरु हुन्छ। विगत दुई वर्ष कोरोना महामारीका कारण दशैं सहज रुपमा मनाउने अवस्था थिएन। अहिले पनि संक्रमणको जोखिम कायम नै छ तर खोपको उपलब्धता र संक्रमण दरमा आएको कमीले गर्दा मानिसहरु दशैं मनाउन जन्मथलोतर्फ गएका छन्।

 दशैं मनाउन लाखौं मानिसले उपत्यका छाडेका छन्। भीडभाड, सवारी जाम हुने काठमाडौं सुनसान जस्तो देखिएको छ। सवारी जाम हुने सडकहरु फराकिलो देखिएको छ। धेरैजसो पसलका सटरमा ताला लागेका छन्।

मानिसहरुलाई छल्दै हिँड्नु पर्ने सडक पेटीहरु सुनसान देखिएका छन्। ट्राफिक प्रहरीका अनुसार दशैं लागेपछि ९ लाखभन्दा बढी मानिसले उपत्यका छाडेका छन् र यो क्रम टीकाको दिनसम्म पनि कायम नै हुन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्