देशैभरको मौसम बदली, काठमाडौं उपत्यकासहित केही ठाउँमा वर्षा – Janadesh Daily | ePaper

देशैभरको मौसम बदली, काठमाडौं उपत्यकासहित केही ठाउँमा वर्षा


जनादेश वेदर अपडेट ।

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा अहिले हल्का वर्षा भइरहेको छ। भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास विकसित न्यून चापिय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावको कारण गएराति देखि नै नेपालको मौसम बदली भएको हो।

अहिले बागमती प्रदेश, प्रदेश १, २ र लुम्बिनी प्रदेशका कतिपठ ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै कतिपय स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यो क्रम अबको दुईतीन दिनसम्म निरन्तर जारी रहने छ।

‘गए रातिदेखि नै काठमाडौं उपत्यकासहित प्रदेश १, २ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘वर्षाको यो क्रम अझै बढ्ने अनुमान हामीले गरेका छौँ। भोली र पर्सी आजको भन्दा केही ठूलो वर्षा हुन सक्छ।’

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास विकसित न्यून चापिय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले यतिबेला देशै भरको मौसम बदली भएको उनले बताइन्। ‘उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ। अबको एकदुई दिन देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,’ नगरकोटीले भनिन्।

मौसम बदली भएपछि देशैभर गर्मी केही घटेको छ। विगत केही दिनदेखि चर्को घाम लाग्दा गर्भी बढेको थियो। काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। हिजो सबैभन्दा बढी तापक्रम विराटनगरमा मापन गरिएको थियो। त्यहाँको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

यस्तो छ विभागको आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ३१ गते आइतबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कात्तिक १ गते सोमबार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश को एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश को एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कात्तिक २ गते मंगलवार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश न १, कर्णाली प्रदेश र लुम्विनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश न १, प्रदेश न २, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्