बलात्कार आरोपमा कार्गो संघका अध्यक्ष पक्राउ – Janadesh Daily | ePaper

बलात्कार आरोपमा कार्गो संघका अध्यक्ष पक्राउ


काठमाडौँ ।

कार्गो व्यवसायीहरुको छाता संगठन नेपाल फ्रेट फरवार्डर्स कार्गो एसोसिएसन (नेफा) का अध्यक्ष मनोज अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीले बलात्कार अभियोगमा किटानी जाहेरी दिएसँगै अधिकारीलार्य प्रहरीले पक्राउ गरेको हो । कात्तिक ८ गते आरोपित अधिकारीले पिडित किशोरीलाई रातोपुल लगेर जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

अधिकारीलाई कात्तिक १६ गते ठमेलबाट पक्राउ गरी थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्