उग्र राष्ट्रवादतिर गएर आर्थिक समृद्धिलाई संकुचन गर्ने कार्य नगरौँ : गोल्छा – Janadesh Daily | ePaper

उग्र राष्ट्रवादतिर गएर आर्थिक समृद्धिलाई संकुचन गर्ने कार्य नगरौँ : गोल्छा


काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै गाल्छाले एमसीसी विकासको परियोजना भएकाले आर्थिक समृद्धिलाई संकुचन गर्ने कार्य नगर्न आग्रह गरेका छन् ।

‘एमसीसीको विषयमा मेरो कुनै स्वार्थ छैन । तर, नेपालको आर्थिक विकासको लागि यो परियोजना पारित गर्नुपर्छ,’ उनले भने, ‘धेरै उग्र राष्ट्रवादतिर गएर आर्थिक समृद्धिलाई संकुचन गर्ने कार्य नगरौँ ।’

त्यस्तै, कोरोना महामारीपछिको समयमा राष्ट्र बैंकको कुशल व्यवस्थापनले तरलता सहज भएको जनाउँदै उनले भने ‘कोभिडपछि धेरै विज्ञहरूले अब हाम्रो अर्थतन्त्र धेरै समय नेगेटिभ अवस्थामा जान्छ भन्ने विश्लेषण गरेका थिए, राष्ट्र बैंकको कुशल व्यवस्थापनले तरलता सहज भयो । जसले गर्दा आर्थिक पुनरुत्थानमा ठूलो सहयोग गर्‍यो ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्