राष्ट्र बैंकले एक अर्ब १० कराेड मुद्दती निक्षेपमा लगानी गर्ने – Janadesh Daily | ePaper

राष्ट्र बैंकले एक अर्ब १० कराेड मुद्दती निक्षेपमा लगानी गर्ने


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले मुद्दती निक्षेपको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग आवेदन माग गरेको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९, २०७९ सम्म एक वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दतीमा ब्याजमा लगानी गर्ने सूचनामा उल्लेख छ । वाणिज्य बैंकहरुलाई ८८ करोड, विकास बैंकहरुका लागि १६ करोड र फाइनान्स कम्पनीहरुको लागि ५ करोड रुपैयाँ लगानी गर्ने राष्ट्र बैँकले जनाएको छ ।

यस्तै, आवेदनकले १७ गतेसम्म दरखास्त दिनुपर्ने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्