चीनद्वारा नयाँ अप्टिकल उपग्रह प्रक्षेपण – Janadesh Daily | ePaper

चीनद्वारा नयाँ अप्टिकल उपग्रह प्रक्षेपण


चीनले पृथ्वीको सतहको रिमोट सेन्सिङको लागि नयाँ अप्टिकल उपग्रह, जियान-१ ०२ इ सफलतापूर्वक प्रक्षेपण गरेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (CNSA) ले आइतबार जनाएको छ।

स्थानीय समय अनुसार बिहान ११:११ बजे (०३:११ जि एम टी) देशको उत्तरपश्चिमी प्रान्त शान्सीको ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च-४सी (चाङ्झेङ ४ पनि भनिन्छ) प्रक्षेपण वाहन प्रयोग गरी प्रक्षेपण गरिएको स्पुतनिकले जनाएको छ। पृथ्वीको सतहको फोटो खिच्नुका साथै जियान-१ ०२ इ ले स्थलीय प्राकृतिक स्रोतहरूको अध्ययन र व्यवस्थित गर्ने अन्तरिक्ष एजेन्सीले उल्लेख गरेको छ ।

जियान-१ ०२इ को अतिरिक्त एउटा सानो वैज्ञानिक उपग्रह जुन चीन-अफ्रिका अन्तरिक्ष अन्वेषण परियोजनाको उपनाम जिवाङ (होप) को भाग हो । उच्च विद्यालयका विद्यार्थीहरूको लागि अनुसन्धान प्लेटफर्मको रूपमा प्रयोग गर्न सो उपग्रह कक्षमा पठाइएको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्