देउवालाई रवीन्द्र मिश्रको सुझाव: कांग्रेस कार्यालयमा प्रचण्डको फोटो झुन्ड्याउनोस्! – Janadesh Daily | ePaper

देउवालाई रवीन्द्र मिश्रको सुझाव: कांग्रेस कार्यालयमा प्रचण्डको फोटो झुन्ड्याउनोस्!


जनादेश मिडिया वाच।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसको पार्टी कार्यालयमा बीपी कोइरालाकोे फोटो हटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो झुन्ड्याउन सुझाव दिएका छन्।

बुधबार राति एक टेलिभिजन कार्यक्रममा बोल्दै संघीयताविरोधी मिश्रले गत आइतबार काठमाडौंमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा प्रचण्डको प्रशंसा गरेकोप्रति आक्रोश पोखेका हुन्।

सम्बोधनमा देउवाले प्रचण्डले नै देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्याउने क्रान्तिका नायक भनेका थिए। यसैकारण मिश्रले देउवालाई पार्टी कार्यालयमा बीपीको होइन, प्रचण्डको फोटो राख्न भनेर कटाक्ष गरेका हुन्।

‘किनभने कांग्रेस सभापति शेरबहादुर देउवाले नै वर्तमान परिवर्तनका नायक प्रचण्ड हुन् भनिसके,’ मिश्रले भनेका छन्। उनले आफ्नो यो अन्तर्वार्ता सामाजिक सञ्जालमा राखेका छन्।

संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गरिनुपर्ने राजनीतिक दस्तावेज ल्याएर आफ्नै पार्टी फुटाएका मिश्र नेपाल कम्युनिस्ट त्यसमा पनि खासगरी माओवादीप्रति बढी आक्रामक देखिन्छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्