चुनाव कहिले? सम्बोधनमार्फत प्रधानमन्त्री देउवाले दिए जवाफ – Janadesh Daily | ePaper

चुनाव कहिले? सम्बोधनमार्फत प्रधानमन्त्री देउवाले दिए जवाफ


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहको निवार्चन सम्पन्न हुने बताएका छन् । गठबन्धन सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन तयारी अगाडि बढाइएको बताएका हुन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् । ‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भने । उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए ।

संसदमा विचाराधीन सबै विषयमा संसदमा रहेका सबै दलहरुसँगको संवादका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए । उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्