सार्थक जीवन र आनन्दको बाबुराम सूत्रः गनगन गर्दै यथास्थितिमा नबस्ने – Janadesh Daily | ePaper

सार्थक जीवन र आनन्दको बाबुराम सूत्रः गनगन गर्दै यथास्थितिमा नबस्ने


जनादेश सोसल मिडिया वाच।

जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले स्थीर मानसिकता त्यागेर गतिशील मानसिकता बनाउन आग्रह गरेका छन्।

भट्टराईले त्यसो गर्न सकियो भने जीवन सार्थक हुने र चरम आनन्द अनुभुति हुने उल्लेख गरेका छन्।

आइतबार ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले समस्या मात्र हेरेर गनगन गर्दै यथास्थितिमा बस्ने नभइ समस्याको समाधान खोज्ने अग्रगामी जीवनमार्ग रोज्न आवश्यक भएको उल्लेख गरेका छन्।

‘समस्या मात्र हेरेर/देखेर गनगन गर्दै यथास्थितिमा बस्ने हैन समस्याको समाधान/विकल्प खोज्ने सिर्जनशील/परिवर्तनशील/अग्रगामी जीवनमार्ग रोजौं!’ भट्टराईले लेखेका छन्, ‘स्थीर मानसिकता त्यागौं,गतिशील मानसिकता बोकौं! अनि जीवन सार्थक हुन्छ; चरम आनन्द अनुभूति हुन्छ!’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्