ताइवान मामिलामा नेपालबाट पहिलो प्रतिक्रियाः आगो झोस्दै हिँड्ने अमेरिकी गतिविधिको विरोध गरौँ – Janadesh Daily | ePaper

ताइवान मामिलामा नेपालबाट पहिलो प्रतिक्रियाः आगो झोस्दै हिँड्ने अमेरिकी गतिविधिको विरोध गरौँ


नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेको छ । ताइवान मामिलामा नेपालबाट पहिलो प्रतिक्रिया दिँदै बुधबार अध्यक्ष नारायणमान बिजुक्छेंले प्रेस विज्ञप्ति जारी गर्दै ताइवान चीनको अभिन्न अंग भएको र पेलोसीको भ्रमण चीनको सम्प्रभुतामाथि ठाडो हस्तक्षेप भएको बताएका हुन् ।

बिजुक्छेंले अमेरिका आफैले ‘एक चीन नीतिु लाई स्वीकार गरे पनि ताइवानलाई चिनियाँ मुख्य भूमिबाट अलग गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको बताएका छन् । अमेरिकाको पछिल्लो कदम संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणाविपरीत भएको र विभिन्न कालखण्डमा चीन-अमेरिकाबीच भएका अन्य सम्झौताको मर्मविपरीत भएको उनको भनाइ छ ।

अमेरिकाले पछिल्लो समय युद्ध उत्तेजनात्मक गतिविधि जारी राखेको उल्लेख गर्दै बिजुक्छें भन्छन्, ‘अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको जगजाहेर छ । ुचीन घेर्ने नीतिु अन्तर्गत हिन्द ( प्रशान्त रणनीति, एमसीसी, क्वाड, अउकस आदि नीति र सङ्गठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खल्बल्याउने कार्य हो चिनियाँ भूमिमा अस्थिरता फैलाउने, थाइवानमा क्रियाशील विखण्डनकारी सङ्गठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ‘शीत युद्धु को अभ्यास गर्ने कार्य गर्दै आएको सर्वविदित छ त्यसैको सिलसिलाअन्तर्गत पेलोसीको थाइवानं भ्रमण भएको प्रस्ट छ निश्चय पनि, यसको परिणाम बाइडेन प्रशासनले भोग्नुपर्ने छ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ ।’

ताइवान चीनको अभिन्न अङ्ग हो भन्नेबारे नेपाली शान्तिप्रिय जनता तथा कामदार जनता दृढ भएको उल्लेख गर्दै बिजुक्छें अघि भन्छन्,’एसियाली र संसारका अन्य मानिसहरू नेपाली जनता पनि युद्ध चाहँदैनन्, शीतयुद्ध अगाडि बढेको मन पराउँदैनन् तसर्थ, नेमकिपा र नेपाली कामदार तथा शान्तिकामी नेपाली जनता संरा अमेरिकी सरकारको संसारका विभिन्न भाग र देशहरूमा झगडाको ‘आगो झोस्दैु हिँड्ने कार्यको विरोध एवम् निन्दा गर्दछ विश्वभरि शान्ति, विकास र मानव जातिको ुसाझा भविष्यु का निम्ति प्रयत्नरत चीन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व तथा चिनियाँ जनताको उद्देश्यप्रति नेमकिपा ऐक्यबद्धता प्रकट गर्दछ, साम्राज्यवाद र अन्यायपूर्ण युद्धको विरोध गर्दछ र संरा अमेरिकालाई आफ्नो युद्धपिपासु नीति तुरून्त त्याग्नसमेत आग्रह गर्दछ ।’

एसिया भ्रमणका क्रममा पेलोसी मंगलबार साँझ ताइवानको राजधानी ताइपेई सिटीस्थित सोङसान विमानस्थलमा उत्रिएकी हुन् । अमेरिकी उच्च अधिकारीको भ्रमण र चीनको प्रतिक्रियाले दुई शक्ति राष्ट्रबीच तनाव चर्काएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्