दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे – Janadesh Daily | ePaper

दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे


दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ ।

यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २७ बढी हो ।
पछिल्लो एक दिनमा दक्षिण कोरियामा कोरोना कारण २९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार २९२ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्