गुणस्तरीय उच्च शिक्षा नेपालमै प्रदान भईरहेको छः शिक्षा मन्त्री देवेन्द्र पौडेल (भिडियो सहित) – Janadesh Daily | ePaper

गुणस्तरीय उच्च शिक्षा नेपालमै प्रदान भईरहेको छः शिक्षा मन्त्री देवेन्द्र पौडेल (भिडियो सहित)


जनादेश, काठमाण्डौं । उच्च शिक्षा नेपालमा गुणस्तरीय व्यस्थापन र कार्यन्वयन सम्बन्धि सेमिनार कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गुणस्तरीय उच्च शिक्षा नेपालमै प्रदान भइरहेको र सम्भब पनि भएको कुरा बताउँनु भएको छ ।

No description available.

नेपालमा संचालनमा आएका विदेशी विश्वविद्यालयका कार्यक्रमहरुको सन्दर्भमा हामीले प्रराष्टमन्त्रालय मार्फत बुझ्दा कतिपय विश्वविद्यालयहरु टप १००० मा नपरेका र अन्य प्रकृतिका रहेको पाइएको छ । त्यसता विश्वविद्यालयका कार्यक्रमहरुमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई यहाँ पछि गएर समकक्षताको समस्या पर्ने हुन्छ । उनीहरुको भविष्य के हुने ? नेपाली विद्यार्थीको भविस्य नबिग्रने गरी सम्पूर्ण व्यवस्था गर्न त्यस्ता कलेजहरुलाई निर्देशन दिइएको छ । त्यसलाई अनुगमन गर्नको लागी कार्यदल बनेको छ । कार्यदलले आफ्नो कार्य थलानी गरिसकेको छ । कार्यदलको प्रतिवेदनको आधारमा उनीहरुलाई नियमन गरिने छ । च्याउँ जस्तै उम्रने र राष्टप्रति कुनै पनि दायित्व नहुँने त्यस्ता संस्थाहरुको कुनै आवश्यकता र औचित्य छैन्, कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री पौडले भन्नु भयो,।

सबै विश्वविद्यालयका शिक्षा अध्यक्ष प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन्, एकातिर आफ्नै मन्त्रालयको काम अस्तव्यस्त छ, अर्कोतिर हामी विद्यार्थीलाई बाड्ने सटिफिकेटमा हस्ताक्षर गर्दै हिड्छौ । यसरी शिक्षामा कसरी सुधार हुन्छ ? हामीले भनेका छौं, अब संचालनमा आउँने विश्वविद्यालयहरुमा यस्तो व्यवस्था गरिनेछैन् ।

आगामी बर्षदेखि कक्षा १२ उर्तिण गरेका विद्यार्थीहरुको उच्च शिक्षा पढ्नको लागी संघीय रुपमा परीक्षा लिने र क्यालेण्डर अनुसार बैषाख महिला मै भर्ना गर्नुपर्छ । १२ कक्षाको नतिजा प्रकाशन हुन वित्तिकै उच्च शिक्षामा भर्ना गर्नुपर्छ हामीले भनेका छौ, यसको निमित्त यहाँहरुलाई कुनै ऐन, कानुन चाँहिदैन् ।

विश्वविद्यालयका भिसीसावहरुलाई निर्देशन छ, तपाईहरु तत्काल यो प्रकृया थाल्नुस् अनि मात्र विदेश पढन जाने विद्यार्थीहरु स्वदेशमै पढन पाउँनेछन् । यसको लागी प्रयाप्त प्रचार प्रशार र विज्ञापन गर्नुहोस् । मार्केटिड. गर्नुहोस् ।

हामीले भनिरहेका छौं, विदेशका विभिन्न देशहरुले प्रदान गर्ने शिक्षाको गुणस्तर भन्दा नेपालले प्रदान गर्ने गुणस्तर राम्रो छ । तर नेपालमा विद्यार्थीहरुले पढन पाइरहेको अवस्था भने छैन्, यसका लागी विश्वविद्यालय, कलेज र मन्त्रालय सहयोगको लागी तयार हुनुपर्दछ । स्वास्थ्य कार्यक्रम तर्फ हामीले प्रयाप्त जनशक्ति उत्पादनको लागी स्वदेशमै वर्षको दुई पटक भर्ना गरौं र विदेश पढन जाने विद्यार्थीहरुलाई रोकौ भन्ने हाम्रो उद्देश्य हो ।

विश्वका टप दश विश्वविद्यालयमा हाम्रा विद्यार्थी पढन जान्छन् भने उनीहरुलाई स्वागत गरौं । तर नेपालमा भन्दा खतम विश्वविद्यालयमा गएर पढछन् र गुणस्तरहीन शिक्षा प्राप्त गर्दछन् भने त्यसलाई रोकौं । यही पढेर सीप सिकेर देश बाहिर काम गर्न जाँदा राम्रो काम प्राप्त हुन्छ । यसको निम्ति हाम्रो व्यवस्थापकीय पक्ष पनि चुस्त हुनु आवश्यक छ । हामीले विश्वविद्यायहरुलाई भनेका छौं, सबै विषयहरु नेपालमै पढने खालको वातावरण बनाऊँ । यसको लागी प्रयाप्त विज्ञापन गरौं । विज्ञापन जनस्तरसम्म पुगेकोछैन् ।

अभिभावहरु आफ्ना सन्ततीहरुलाई विदेश पढन पठानउको लागी लालायीत हुनुहुन्छ, तपाईहरु उहाँहरुलाई संस्थागत रुपमा अपील गर्नुहोस् । प्रेश विज्ञप्ति निकाल्नुस् । नेपालमा विद्यमान रहेको माध्यमिक शिक्षा, उच्च शिक्षा र प्रविधिका शिक्षाको गुणस्तरलाई सुधार्नका लागी हामी सबै एकआपसमा सहकार्य गरौं ।

म शिक्षा मन्त्रीको हैसियतले भन्दै छु कि, तपाईहरुले शिक्षामा लगाएको लगानी सेवामुलक हो, त्यसलाई डुब्नदिइने छैन् । त्यसको लागी शिक्षा मन्त्रालयको तर्फबाट म प्रतिवद्धता व्यक्त गर्दछु ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको रेर्कड अनुसार ६७ अर्ब देशको पैसा बच्चा पढाउँने नाममा देश बाहिर गईरेको छ । यसमा हामी कोही कसैलाई चिन्ता छैन् । यसतो कार्यलाई तत्काल रोक्नुपर्छ । केही अर्ब पैसा रेमिटान्स आएकोमा हामी मख्ख छौं । मैले सम्बन्धित निकायलाई भनेको पनि छु, तपाईहरु यस दिशातर्फ अगाढि बढनुस् । नत्र देश भद्रगोल तिर जान्छ । शिक्षामा सुधारको सम्भावना छ । हामी कलेज संचालक र विश्वविद्यालय मिलेर जान सकेमा विद्यार्थीहरुलाई उच्च शिक्षा नेपालमै प्रदान गर्न सक्छौं । तपाईहरुलाई आवश्यकता पर्दा शिक्षा मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको कुरा प्रतिवद्धता व्यक्त गर्दछु । धन्यवाद ।

मा. मान्त्री ज्युले बोलेका कुराहरुको संपादीत अंश । सम्पादक, जनादेश ।

भिडियो र्हेन यहाँ क्लिक गर्नुहोस्।

https://www.youtube.com/watch?v=Ek2lPeGGIrI

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्