पोखरा विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुंधान परिषद् बीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न – Janadesh Daily | ePaper

पोखरा विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुंधान परिषद् बीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न


No description available.

जनादेश, काश्की पोखरा । पोखरा विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुंधान परिषद् बीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट स्वास्थ्य विज्ञानका डिन डा. अम्मर नाजीला र नेपाल स्वास्थ्य अनुसंधान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले हस्ताक्षर गर्नु भएको हो ।

हस्ताक्षर कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै  उपकुलपति प्रा.डा.अर्यालले भन्नु भयो, मेरै कार्यकालमा पोखरा विश्वविद्यालयमा एबीबीएसको कक्षा संचालन हुनेछ । समझदारीपत्रमा गरिएको हस्ताक्षर केवल हस्ताक्षर मात्र नभएर समझदारीपत्र अनुसार अनुसंधानमा केन्द्रीत कार्य हुनेछ । पोखरा विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेजहरुसंग सहकार्य गरेर अनुसंधानका कार्य अगाडी बढाउँने छ ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरा विश्वविद्यालयका रजिष्टार प्रा.डा. दीपक बहादुर भण्डारीले भन्नु भयो, यस क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा संचालन गर्न पोखरा विश्वविद्यालयले संचालन गर्ने अस्पतालले सहयोग गर्नेछ । नेपाल स्वास्थ्य अनुसंधान परिषद्संग मिलेर अनुसंधानका कामहरु गरिनेछन् र त्यो नतिजा मूलक हुनेछ । पोखरा विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजहरु एउटै परिवार भएकोले मिलेरसंगसंगै अनुसंधानका कार्यहरु अगाडी बढाउँने बताउँनु भएको छ ।

No description available.

भोलीदेखि पोखरा विश्वविद्यालयले अस्पतालमा ओपीडि सेवा संलानमा ल्याउने कुरा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञानका डिन डा. अम्मर नाजीलाले बताउँनु भएको छ ।

No description available.

हस्ताक्षर कार्यक्रममा मन्तव्य राख्दै नेपाल स्वास्थ्य अनुसंधान परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले भन्नु भयो, अन्तराष्टिय स्तरको अनुसंधान गर्न नेपाल सक्षम छ र सम्भव पनि छ । आगामी दिनमा पोखरा विश्वद्यालयसंग मिलेर नेपाल स्वास्थ्य अनुसंधान परिषले प्रस्ताव लेखन सम्बन्धी तालीम संचालन गर्नेछ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्