समीक्षा अधिकारीको स्पष्टीकरणः पल साहबाट पैसा लिन खोजेको होइन – Janadesh Daily | ePaper

समीक्षा अधिकारीको स्पष्टीकरणः पल साहबाट पैसा लिन खोजेको होइन


जनादेश सोसल मिडिया वाच।

चर्चित गायिका समीक्षा अधिकारीले आफूभित्र मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत मंगलबार राति भनाइ राख्दै उनले पछिल्ला समय आएका गालीगलौजले चोट पुगेको बताएकी छन्।

सामाजिक सञ्जालमा आएका अनेक खालका तस्बिर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको दुखेसो उनले पोखेकी छन्।

‘यहाँहरु सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दु:खद घटना भोगिरहेकी छु। उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दु:खद हो’, उनले भनेकी छन्, ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।’

उनले आफूसँग जोडेर क्षतिपूर्ति र कयौँ लाख रुपैयाँ लिएको आरोपको पनि खण्डन गरेकी छन्। समीक्षाले अहिलेसम्म कसैबाट क्षतिपूर्तिबापत वा अन्य कुनै पनि किसिमको रकम नलिएको पनि स्पष्टीकरण दिएकी छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्