नेपालगन्जका सडकमा काँडे तार – Janadesh Daily | ePaper

नेपालगन्जका सडकमा काँडे तार


नेपालगन्ज ,

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिल गरिएको नेपालगन्ज उपमहानगरका विभिन्न क्षेत्रका मुख्य सडकमा काँडे तार लगाइएको छ ।

नेपालगन्जको धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग, बसपार्क लगायतका क्षेत्रमा काँडे तार लगाइएको हो । निषेधाज्ञाको अवज्ञा हुने भएकाले सिलपछि नेपाली सेना परिचालन गरिएका छन् ।

अति आवश्यक बाहेक स्थानीय प्रशासनले हिँडडुलमा पूर्णरुपमा रोक लगाएको छ ।बजार पूर्णरुपमा बन्छ । शिक्षण अस्पताल नेपालगन्ज आसपासका औषधि पसल पनि बन्द गरिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सील गरिएका क्षेत्रमा औषधि पसल बन्द भएपछि बिरामीहरुका लागि आवश्यक पर्ने औषधि घरमै पु¥याउने व्यवस्था मिलाएको जनाए ।

बाँकेमाआज ४६ जनामा कोरोना संक्रमण देखिएको छ । यस अघि तीन दिनमा ९७ जनामा कोरोना देखिएको थियो । बाँकेमा ७ सय ८७ जना कोरोना संक्रमित भइसकेका छन् । प्रदेश सांसद, वडा अध्यक्ष, व्यवसायी र सरकारी अधिकारीहरुमा समेत कोरोना देखिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्