जिन्दगी जिते हुन्छ तिमीलाई, मलाई हार स्वीकार छ – Janadesh Daily | ePaper

जिन्दगी जिते हुन्छ तिमीलाई, मलाई हार स्वीकार छ


डा. खेमराज मल्ल I

गीत
जिन्दगी जिते हुन्छ तिमीलाई, मलाई हार स्वीकार छ I
स्वर्ग पाए हुन्छ तिमीलाई, मलाई संसार स्वीकार छ II

गुनासो छैन केही तिमिसँग, जे हुनु थियो भइदियो
गुमाउनु छैन केही तिमीसँग,नियति थियो भइदियो
पुर्णेको जून तिमीलाई,मलाई अन्धकार स्वीकार छ
जिन्दगी जिते हुन्छ तिमीलाई, मलाई हार स्वीकार छ

स्वर्ग पाए हुन्छ तिमीलाई, मलाई संसार स्वीकार छ
आकाशले लायो मीत तिमीसँग, म धुलो धर्तीको भएँ
इन्द्रेणी नाच्यो तिमीसँग, म फिका विरङ्गीको भएँ
सबैको मायाँ तिमीलाई, मलाई तिरस्कार स्वीकार छ

जिन्दगी जिते हुन्छ तिमीलाई, मलाई हार स्वीकार छ I
स्वर्ग पाए हुन्छ तिमीलाई, मलाई संसार स्वीकार छ II

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्