वीर अस्पताल आसपास बनेका अनधिकृत संरचना भत्काउन महानगरपालिकाको चल्यो डोजर – Janadesh Daily | ePaper

वीर अस्पताल आसपास बनेका अनधिकृत संरचना भत्काउन महानगरपालिकाको चल्यो डोजर


काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपास बसेका अनधिकृत संरचना हटाएको छ । वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा बिहीबार दिउँसो महानगरले डोजर चलाएको हो ।

blog

सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

महानगरपालिकाले भने पसलहरु हटाउन बुधबार २४ घण्टे अल्टिमेटम दिएको थियो । डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ ।

सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ । महानगरपालिकाले यसअघि विभिन्न स्थानमा असंवैधानिक रुपमा बनाएका संरचनाहरु भत्काउँदै आएको छ । यसअघि महानगरपालिकाले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टेलगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्काएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्