पासाङल्हामो राजमार्ग पुनःसञ्चालनमा    – Janadesh Daily | ePaper

पासाङल्हामो राजमार्ग पुनःसञ्चालनमा   


रसुवा,   

पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङल्हामो राजमार्ग पुनःसञ्चालनमा आएको छ । धुञ्चे (स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई अवरुद्ध राजमार्ग आवरुद्ध भएको थियो ।

राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौँ प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।ती कन्टेनरमा स्याउ रहेका छन् । पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।

प्रजिअको सक्रियताले छिटो राजमार्ग सञ्चालन हुँदा समुदायमा उत्साह बढेको स्थानीय बुद्धिजीवी ल्हाक्पा थोक्राले बताउनुभयो ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्