दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत, कुन देशमा कति बजे ? – Janadesh Daily | ePaper

दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत, कुन देशमा कति बजे ?


जनादेश अपडेट।

यस वर्षको दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बिहिबार विज्ञप्तिमार्फत दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै हरेक वर्ष विभिन्न देशका लागि टीकाको उत्तम साइत निर्धारण गरिदैं आएको समितिले जनाएको छ ।


नेपालमा चाँहि के
नेपालमा दशैंको टीकाको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

त्यस दिन बिहान १० बजेर ३४ बजे देवी विसर्जन गरी ११ बजेर ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्