बांगेमुढामा डोजर चल्दा भड्किए स्थानीय वासिन्दाः बालेनविरुद्ध नारावाजी र पुत्ला दहन – Janadesh Daily | ePaper

बांगेमुढामा डोजर चल्दा भड्किए स्थानीय वासिन्दाः बालेनविरुद्ध नारावाजी र पुत्ला दहन


जनादेश वाच।
बाङ्गेमूढा (थायमरु) मा रहेको सामुदायिक भवन (त्वा: छेँ) महानगरले भत्काएपछि स्थानीय आन्दोलित भएका छन्। शुक्रबार महानगरले जबर्जस्ती वडा २५ मा रहेको सो भवन डोजर लगाएर भत्काएपछि शनिबार स्थानीयले बाङ्गेमूढा चोकमा भेला भएर प्रदर्शन गरेका हुन।

भवन ४४ वर्षअघि स्थानीयले चन्दा उठाएर निर्माण गरेका थिए। सोही भवनबाट नेपाल भाषा मंका खलको सुरुवात भएको थियो जसले भाषा आन्दोलन सुरु गरेको थियो। पञ्चायत कालमा सोही भवनमा आन्दोलनको लागि बैठक बस्ने गर्थ्यो। पछि भवनमा वडा २८ को कार्यालय स्थापना गरियो।

केशव स्थापित महानगर प्रमुख हुँदा सो भवनमा महानगरले दाबी गरेको थियो। त्यसपछि भवनको स्वामित्वलाई लिएर अदालतमा मुद्दा परेको थियो।

अदालतमा मुद्दा विचाराधीन रहेको बेला अहिले महानगपालिकले भवन भत्काएको भन्दै स्थानीय आन्दोलनमा उत्रेका हुन। बाङ्गेमूढामा भेला भएर उनीहरूले महानगरविरुद्ध नारा लगाएका थिए।

शुक्रबार भवनको मुद्दा विचाराधीन रहेको कागज देखाउन खोज्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेले ‘माथिको आदेश’ भन्दै कागजपत्र हेर्न नमानेको स्थानीयको आरोप छ। स्थानीयले महानगर प्रमुख बलेन्द्र शाहको आदेशमा भवनमाथि डोजर चलेको भन्दै पुतला जलाएका थिए। संघर्ष समिति बनाएर महानगरको प्रतिरोध गर्ने उनीहरुको मत छ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्