कार्यकाल सकिएका सांसदले दसैँ खर्च लिएपछि…. – Janadesh Daily | ePaper

कार्यकाल सकिएका सांसदले दसैँ खर्च लिएपछि….


जनादेश, काठमाण्डौं । पाँच वर्षको कार्यकाल सकिएका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूले दसैँ खर्च बुझेका छन्।

चाडपर्व खर्च अन्तर्गत सुदूरपश्चिमका सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षीय संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको दसैँ खर्च बुझेका हुन्।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार गत असोज १३ गते प्रदेश सभा सदस्यहरू तथा पदाधिकारीहरूको खातामा एक महिनाको तलव बराबरको दसैँ खर्च पठाइएको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्