प्रत्यक्ष सैन्य टकरावको खतरा नबढाउन अमेरिकालाई रुसको चेतावनी – Janadesh Daily | ePaper

प्रत्यक्ष सैन्य टकरावको खतरा नबढाउन अमेरिकालाई रुसको चेतावनी


जनादेश, काठमाण्डौं । युक्रेनलाई थप सैन्य सहायता गर्ने अमेरिकी घोषणापछि मस्कोले क्रुद्ध प्रतिक्रिया जनाएको छ। प्रत्यक्ष सैन्य टकरावको खतरा नबढाउन चेतावनी दिएको रुसले परमाणु हतियार पनि विकल्पमा राखेको जनाएको छ।

युक्रेनलाई थप सैन्य सहायता पठाउने अमेरिकाको निर्णयपछि रुसले “प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको” चेतावनी दिएको हो। अमेरिका अहिलेको “द्वन्द्वको एउटा पक्ष” भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि “सीधा खतरा” भएको बताए।

अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ। अहिले जारी द्वन्द्वमा युक्रेनी फौजले रुसी फौजविरुद्ध सफलता हासिल गर्दै जानुको पछाडि अमेरिकी अस्त्रहरूको योगदान रहेको बताइन्छ। पछिल्ला साताहरूमा युक्रेनी फौजहरूले देशको पूर्वोत्तर र दक्षिणी क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरिरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण शुरू गराएयता किएभलाई वाशिङ्गटन दिएको सैन्य सहायता करिब १७ अर्ब डलर बराबर पुगेको छ। बिहीवार एउटा वक्तव्यमार्फत्‌ रुसी राजदूत एन्टोनोभले किएथस्थित सत्तालाई अस्त्रहरू दिइराख्नुको अर्थ वाशिङ्गटन “द्वन्द्वको एउटा पक्ष” हुने चेतावनी दिएका हुन्। त्यसले अहिलेको “रक्तपातलाई लम्ब्याउने र नयाँ हताहती निम्त्याउने” उनले दाबी गरे। पछिल्ला हप्ताहरूमा युद्ध मैदानमा युक्रेनसँग ठूलो पराजय बेहोरिरहेको भनिएको रुसले उपलब्ध सबै माध्यमबाट प्रतिरक्षा गर्ने बताएको छ।

मस्कोले परमाणुअस्त्रको प्रयोगको सम्भावनालाई पनि नकारेको छैन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्