मेरो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लाग्दछ: प्रचण्ड – Janadesh Daily | ePaper

मेरो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लाग्दछ: प्रचण्ड


राजेन्द्र न्यौपाने, गोरखा सम्वाददाता । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जीवन कालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताउनुभएको छ ।

आज साँझ जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा गदैैै दाहालले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरुका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताउनुभयो ।

४६ वर्ष पहिले शिक्षणको क्रममा आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै अध्यक्ष दाहालले समकालिन समयका दर्जन बढी सहपाठीहरुको नाम समेत लिनुभएको थियो ।

आफ्नो उम्मेदवारी गोरखाबाट हुन गोरखाका लागि फाइदा रहेको बताउनुभयो । मध्यपहाडी लोकमार्ग,बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने अध्यक्ष दाहालले बताउनुभयो ।

चुनावी भेटघाटको क्रममा गोरखा आइ पुग्नुभएका पूर्व प्रधानमन्त्री दाहाल दुइ दिन सम्म गोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्