डा.भोजराज अधिकारी मतदाताको हौसला पाउँदै ६ स भन्ने नारा जनता माझ लोकप्रिय बन्दै – Janadesh Daily | ePaper

डा.भोजराज अधिकारी मतदाताको हौसला पाउँदै ६ स भन्ने नारा जनता माझ लोकप्रिय बन्दै


चितवन । मंसिर ४ गते हुन गइरहेको नर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार डा भोजराज अधिकारीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अधिकारीले मतदाता समक्ष उनले गठबन्धन र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन्।

उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् । उनले ६ स भन्ने आफ्ना नारा जनता माझ बढी सुनाएका छन्। गठबन्धन अन्र्तगत रहेको नेकपा माओवादी केन्द्रको तर्फबाट चुनावी मैदानमा होमिएका अधिकारीले फरकशैलीका साथ मतदाता माझ पुगेका छन्।

तामझाम र भिडभाड विना घरदैलो गर्ने र मतदातासँग अन्तक्र्रिया गर्ने पार्टीको नीति अनुरुप घरदैलो कार्यक्रमलाई बढीभन्दा बढी अन्तक्रियात्मक बनाउने प्रयास गरिरहेको उनी बताउँछन्। जहाँ पुग्दा पनि मतदाताले अब विकल्प खोज्ने मुड बनाएका पाइएको उनको दावी छ।

उनले मतदातालाई निरास नबनाउने प्रतिवद्धता जनाउँदै हिडेका छन्। कतिपय मतदाताले अधिकारीलाई जितिसकेपछि अन्य नेता जस्तो व्यवहार देखाउन अनुरोध गरिरहेका पनि पाइएको थियो।

चुनावमा भोट माग्न दलबल सहित आउने तर निर्वाचित भैसकेपछि देखे नदेखेजस्तो व्यवहार नेताहरुले गर्ने गरेकाले यसो नगर्न मतदाताले अनुरोध गरेका थिए। अधिकारीले मतदाता भेट्दै गलत गरेको खण्डमा कठालो समाउन सक्ने अधिकार जनतालाई रहेको भन्दै यसपटक सोच विचार गरेर आफ्नो मत खसाल्न अनुरोध गरे। सरल, आत्मीय र निडर स्वभावका डा.अधिकारीले अहिलेसम्म गरिएको घरदैलोमा जनताको मन जित्ने सकिनेमा विश्वास व्यक्त गरे।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्