एलन मस्कको ‘ग्याम्बलिङ’: यी केही महत्वपूर्ण कारण जसले ट्विटरमा ताला लाग्न सक्छ – Janadesh Daily | ePaper

एलन मस्कको ‘ग्याम्बलिङ’: यी केही महत्वपूर्ण कारण जसले ट्विटरमा ताला लाग्न सक्छ


जनादेश सोसल मिडिया वाच।

संसारकै लोकप्रिय सोसल मिडिया प्लेटफर्ममध्ये एक ट्विटरलाई ठूलो संख्यामा प्रयोगकर्ताले ‘बाइबाइ’ गरिरहेका छन् । ट्विटरमा ‘#RIPTwittter’ (ह्यासट्याग) ले ट्रेण्ड गरिरहेकाे छ । मानिसहरू अर्कै प्लेटफर्मतिर गइरहेका छन् । कन्ज्युमर च्याम्पियन मार्टिन लिभिसका २० लाख फलोअर्स छन् । उनी हालै अर्को सोसल मिडिया प्लेटफर्म ‘मस्तोदोन’मा सरेका छन् । उनकै भनाइमा अहिले उनी यसको प्रयोग गर्न सिकिरहेका छन् । कुनै पनि ट्रेण्डलाई नजरअन्दाज नगर्ने एलन मस्कले दुई दिनअघि ‘रिप ट्विटर’ ट्रेण्ड गरिरहेको देखेपछि एक मिम ट्विट गरे । यसमा एक चिहानको पत्थरमा ट्विटरको लोगो लगाइएको थियो ।

ट्विटरका कर्मचारीले धमाधम कम्पनी छोडिरहेका छन् । आधा कर्मचारी त मस्कले निकालिसकेका छन् । मस्कले नै मिहिनेती र इमानदार भनेका कर्मचारी आफैँ जागिर छोडिरहेका छन् । कम्पनी छोडेर गएकाहरूको बायो हेर्दा धेरै इन्जिनियर, डेभलपर र कोडर छन् । यिनीहरू यस्ता कर्मचारी थिए, जसले ट्विटरको वर्किङ प्याटर्न तयार गरेका हुन् । आउनुस्, ती कमजोरीलाई नजिकबाट नियालौँ, जसका कारण ट्विटर कुनै पनि बेला गायब हुन सक्छ ।

के ट्विटर ह्याक हुन सक्छ ?
यो खतरनाक दुर्घटना सम्भव छ । सबै वेबसाइटहरूलाई ह्याकर आक्रमणको खतरा हुन्छ । यहाँ सम्म कि केही देशले समेत वेबसाइटहरूमा आक्रमण गर्न ह्याकरको प्रयोग गर्ने गर्छन् । संसारका ठूला नेता, राजनेता र सेलेब्रिटीको व्यक्तिगत खाता छन् । उनीहरूका लाखौँ फलोअर्स पनि छन् । कुनै पनि ह्याकरका लागि यो सजिलो सिकार हो । यस्तो भएको हामीले पहिले पनि देखिसकेका छौँ । ह्याकरसँग जुध्नु एक सतत लडाइँ हो । साइबर सुरक्षा २१औँ शताब्दीका कम्पनीका लागि दैनिक अपरेसनको अभिन्न हिस्सा हो भन्दा हुन्छ । यस्तो हुन जरुरी पनि छ । पछिल्लो साता ट्विटरको साइबर सिक्योरिटी प्रमुख लि किसनरले पनि कम्पनी छोडिदिए । उनको ठाउँमा कसैलाई राखिएको छ वा छैन भन्नेबारे कुनै जानकारी छैन ।

ट्विटरसँग अब कुनै कम्युनिकेसन टिम पनि छैन, जोसँग सोधपुछ गर्न सकिन्थ्याे । आफ्नो फोन वा ल्यापटपबारे सोच्नुस् त, तपाईंले लगातार सिक्योरिटी नाेटिफिकेसन पाइरहनुभएको हुन्छ, जसलाई तपाईंले अपडेट गर्नुपर्ने हुन्छ । तपाईंलाई थाहा नहुन पनि सक्छ, तपाईं कुनचाहिँ ह्याकरको सिकार भइरहनुभएको छ । तपाईंलाई यस्तो हतियारका बारेमा बताउने काम सर्भिस प्रोभाइडर्सको हुन्छ ।

सर्भरहरूमा खतरा
अर्को ठूलो खतरा सर्भरहरूलाई लिएर छ । कसैले सर्भरमा नोक्सन पुर्‍यायो र फेरि रुटिनमा मर्मतका क्रममा कसैको गल्ती भयो भने सर्भर खराब हुन सक्छ । यस्तोमा बिनासर्भर ट्विटरको कुनै अस्तित्व रहने छैन । ट्विटर मात्र होइन, फेसबुक, इन्स्टाग्राम, यहाँ सम्म कि हाम्रो पूरै डिजिटल संसार सर्भरबिना समाप्त हुन सक्छ । सर्भर (शक्तिशाली कम्प्युटर) यस्ता प्लेटफर्मको फिजिकल बडी हो । यो सर्भर डेटा सेन्टरमा हुन्छ । अनलाइन बिजनेसको अपरेसन यसैमा टिकेको हुन्छ । संसार सर्भरमा चल्छ । तपाईं कल्पना गर्नुस् कि मेसिनले कति गर्मी पैदा गर्छ होला ? डेटा सेन्टरलाई चिसो राख्नुपर्छ । यसलाई निरन्तर बिजुली सप्लाईको आवश्यकता पर्छ । सर्भरलाई आफैँमा मेन्टिनेन्स र रिप्लेसमेन्टको आवश्यकता हुन्छ । डेटालाई एक सर्भरबाट अर्कोमा पठाइन्छ । यस क्रममा कुनै पनि कमजोरी हुन सक्छ । केही गलत भइहालेमा अचानक हुनेछ ।

विनाशकारी अन्त्य ?
एलन मस्कलाई यी र यस्ता खतराबारे त थाहै हुनुपर्छ । उनलाई सबै थाहा होला । तर हुन सक्छ, उनले यसरी देखाइरहेका छन्- उनलाई केही थाहा छैन ।थाहा छैन, कसले निगरानी गरिरहेको छ तर यस्तो भएको छ, जसले यो सोच्न बाध्य बनाउँछ । ट्विटरमा धेरै मानिस छन्, जो निगरानी राखिरहेका होलान् । एक उदाहरण थियाे, कसरी एक अन्तरिक्ष यात्री अटोमेटेड मोडरेसन टुल्समा आफ्नो गल्तीका कारण लकआउट भएकी थिइन् । न ट्विटर न त मस्कको कुनै कम्पनीले यसबारे कुनै जवाफ दिएन । तर, उनको अकाउन्ट त्यो दिन रिस्टोर गरिएको थियो । त्यसैले ट्विटरमा कतै न कतै कसैले निगरानी राख्छ ।

एक तेस्रो विकल्प पनि छ । यो निकै विनाशकारी हुन्छ । आफैँ मस्कले यसबारे भनेका थिए । उनको भनाइ थियो, ‘ट्विटरमा ताला लाग्न सक्छ । हालत चाहे जस्तोसुकै होस्, अहिले एलन मस्क ‘चिफ ट्विट’को स्टाटसको आनन्दचाहिँ लिइरहेका छन् ।

बिबिसीबाट साभार

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्