रोजगार मेलामा पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित – Janadesh Daily | ePaper

रोजगार मेलामा पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित


विराटनगर । मोरङको कटहरी गाउँपालिका –१ स्थित फलफूल तथा कृषि थोक बजारमा आज लागेको एक दिने रोजगार मेलामा पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित भएको छ।

मेलामा सहभागी मोरङ, सुनसरी, झापामा सञ्चालित विभिन्न उद्योगका लागि उक्त रोजगार उपलव्ध हुने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ कार्यकारी निर्देशक श्याम भण्डारीले बताउनु भयो ।

निजहरुलाई नेपाल सरकारले तोकेको पारिश्रमिकमा बिभिन्न जुटमिल ,रियायन्स स्पिनियङ्ग,तारे होटल,विद्युतीय, खाद्यान्न उद्योग लगायतकामा रोजगार उपलव्ध हुने जनाइएको छ।

यस क्षेत्रमा सञ्चालित जुट उद्योगहरुलाई विइङ्गवर, स्पिनर, कोप्यान्डर, ड्राइङ्ग र अपरेटर लगायतका लागि आवश्यक जनशक्त्ति, निर्माण व्यवसायीलाई दुई हजार, तार होटललाई सात सय, जुट उद्योगलाई चार हजार, विद्युतीय सामाग्री उद्योग, कृषि, खाद्यान्न उद्योगहरुलाई दक्ष एवं अदक्ष एवं सुरक्षा गार्ड गरी १० हजार जनशक्त्तिको आवश्यक रहेको निर्देशक भण्डारीले बताउनु भयो ।

उद्योगहरुलाई आवश्यक पर्ने जनशक्तिको माग अनुसार तालीम, शिपको व्यवस्था कटहरी गाउँपालिकाले उपलव्ध गराउने रोजगार संयोजक रामकुमार राजवंशीले बताउनु भयो ।

कटहरी गाउँपालिका,नेपाल उद्योग बाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्त्त रुपमा आज आयोजित एक दिने मेलामा पालिकाको अध्यक्ष देवराज चौधरीले वैदेशिक रोजगारबाट फर्केका, उच्च शिक्षा अध्ययन गरेका दक्ष तथा अदक्ष युवायुवतीहरुलाई स्वदेशमा रोजगारीको आकर्षण जगाउन मेलाको आयोजना गरिएको बताउनु भयो ।

उहाँले पालिकाले उद्योगको आवश्यक्ता अनुसारको शिप तथा तथा तालीमको व्यवस्थापन गर्ने जानकारी दिनु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशीराज दाहालले युवाहरुलाई दक्षता प्रदान गरी स्वदेशमा रोजगारी व्यवस्था भएमा मुलुकको समृद्धिमा टेवा पुग्ने धारणा राख्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले युवाहरुलाई स्वदेशमा रोजगार उपलव्ध गराउन आवश्यक पर्ने दक्षता प्रदान गर्न महासङ्घको साथ र सहयोग उपलव्ध हुने प्रतिवद्धता व्यक्त्त गर्दै आगामी दिनमा अन्य पालिकामा मेलाको आयोजना गरि थप रोजगार उपलव्ध गराउनु पर्नेमा जोड दिनु भयो ।

कटहरी –१ की राखी पासवानले १२ कक्षामा अध्ययन गरिरहेको र सोही अनुसारको रोजगारी पाउनका लागि मेलामा आएको बताइन ।

यसैगरी कटहरी –५ की लोतीन कुमारी साहले आफु अदक्ष भएपनि उद्योगहरुलाई आवश्यक पर्ने साधारण परिश्रमको कामको सक्षम भएको बताइन ।

मेलामा प्रदेशका रहेका उद्योगहरुलाई आवश्यक पर्ने जनशक्तिको तथ्याङ्क संकलन गर्नुका साथै सोही अनुसार रोजगारी उपलव्ध गराइने छ।

मेलामा विभिन्न २० उद्योगहरुका प्रतिनिधि, तारे होटलका प्रतिनिधि,मनमोहन प्राविधिक विश्वविद्यालय वुढीगङ्गा मोरङ, शैलजा आचार्य स्मृति पोलिटेक्निक जहदा मोरङको स्टलमा महिला तथा युवायुवतीहरुको अत्याधिक भीड रहेको थियो।

यस्तै पोलिटेक्निकको स्टलमा विभिन्न विधामा अध्ययनका लागि विद्यार्थीहरु विशेष चासो राखेको देखिएको छ।

मेलामा राजगारका लागि सौन्दर्यककला, विभिन्न उद्योगमा अदक्ष कामदार, स्टाफ नर्स,अनमी, सुरक्षा गार्ड, साधारण कामदार, कृषि,पशुपालन, शौन्दर्यकला,सूचना प्रविधि, प्रशासनीक, लेखा सम्वन्धीमा युवायुवती, महिला तथा पुरुषहरुको फर्म वुझाउनेहरुको सङ्ख्या अत्याधिक रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्